२३ भाद्र २०८१, आईतवार

चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,६ जना घाइते

कर्णाली अपडेट

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

आज विहान वडा नम्बर १२ को भित्री सडक खण्डको कुलो निर्माणको लागि ढुङगा लिइ चौरजहारी तर्फ जाँदै गरेको  कर्णाली प्रदेश ०३००१ त ००१  नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका १२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

उहाँका अनुसार अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा चौरजहारी नगरपालिका ११ बस्ने गोपाल डाँगीको ९ वर्षको छोरा डिल्ली डाँगी, चौरजहारी १२ की १२ वर्षीया कल्पना ओली, सोही वडाकै ४३ वर्षीय शरद शर्मा, ४३ वर्षीय बलु जैशी, चौरजहारी नगरपालिका ५ का ट्याक्टर चालक लक्ष्मण कुमाई र सोही वडाकै २० वर्षीय विकास कुमाई घाइते भएको सूचना अधिकारी शाहीले बताए । घाइतेको अवस्था मध्यम रहेको र चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर ब्रेक फेल भएर सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

७ असार २०८१, बिहीबार १३:४९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्