१२ श्रावण २०८१, शनिबार

लागु औषध नियन्त्रणका लागि छुट्याएको पैसाले जनप्रतिनिधिहरु भारत भ्रमणमा

कर्णाली अपडेट

जाजरकाेट । भेरी नगरपालिकाले लागु औषध नियन्त्रणका लागि छुट्याएको बजेटबाट जनप्रतिनिधिहरु भारत भ्रमणमा गएको पाइएको छ ।

नगरपालिका भित्र बढ्दै गरेको लागु औषध दुर्वेशनी नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट अवलोकन भ्रमण भन्दै ५ लाख बजेट छुट्याएर जनप्रतिनिधिहरु भारत भ्रमणमा गएका हुन । लागु औषध नियन्त्रणमा नमूना काम गरेका नजिकका जिल्लाहरुमा अवलोकन भ्रमण गर्ने भनिएपनि नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. ८ का वडाध्यक्ष विरबहादुर चन्द लगाएतका जनप्रतिनिधिहरु भारतको नयाँदिल्ली पुगेको फोटो सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । देशभित्रैकै जिल्लाहरुमा भ्रमण गरेर नयाँ कुरा सिक्ने उद्देश्यले उक्त बजेट छ्ट्याइएको भन्दै भारत भ्रमणमा जानेकुरा आफुलाई कुनै जानकारी नभएको उक्त कार्यक्रम संचालनको समेत जिम्मेवारी सम्हालेका नगर शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले बताए ।

नजिकका जिल्लाहरुमा भ्रमण गर्ने कुरा थियो, भारत पुगेको कुरा मैलेपनि सामाजिक संजालबाट थाहा पाए, भ्रमणको उद्देश्य त्यो थिएन शाखा प्रमुख पुनको भनाई छ । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भ्रमण गर्ने कुरामै आफ्नो सहमति नभको बताएका छन । नगरभित्र बढ्दै गएको लागु औषध दुर्वेशनी नियन्त्रणका लागि जनचेतानामूलक कार्यक्रम गर्ने उद्देश्यले बजेट जिनियोजन गरिएको हो त्यसमा भ्रमण आवश्यक हैन, नगरप्रमुख घर्तीले भने भ्रमण गएको पैसा नगरपालिकाले भुक्तानी गर्दैन ।  भेरी नगरपालिकाले भुकम्प पछि  भ्रमणमा मात्रै  साढे सात  लाख बजेट छुट्याएको देखिन्छ ।

२ जेष्ठ २०८१, बुधबार १०:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्