४ मंसिर २०८३, बिहीबार

स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति मूल्यांकनमा नलगाड नगरपालिका प्रथम

कर्णाली अपडेट

जाजरकोट । आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा नलगाड नगरपालिका प्रथम भएको छ।

स्वास्थ्य कार्यालय जाजरकोटले स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा गरेको मूल्यांकनमा नलगाड नगरपालिकाले ७२.२८ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

त्यस्तै बारेकोट गाउँपालिकाले ६७.६४ प्रतिशत अंक प्राप्त गरी दोस्रो र भेरी नगरपालिकाले ६६.६१ प्रतिशत अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन्।

स्वास्थ्य कार्यक्रम कार्यान्वयन, प्रगति तथा स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरिएको स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।

मूल्यांकनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्थानीय तहका स्वास्थ्य शाखालाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा आगामी वर्षका योजना थप व्यवस्थित बनाउन समीक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरिएको कार्यालयले जनाएको छ।

२३ भाद्र २०८३, मंगलवार २०:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्