१२ श्रावण २०८१, शनिबार

जाजरकोटमा खुल्यो पहिलो ‘दरबार होमस्टे’ अर्गानिक परिकारको स्वाद !

कर्णाली अपडेट

जाजरकोट । जिल्लाको भेरी नगरपालिका –०३ माथिल्लो थाप्लेमा पहिलोपटक होमस्टे सञ्चालनमा आएको छ । जाजरकोटी यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्लामै पहिलो ‘दरबार होमस्टे’ सञ्चालनमा ल्याएका हुन् । यहाँको मौलिक सम्पदा, कला संस्कृतिको संरक्षण,प्रचारप्रसार, रैथाने बालीको उत्पादन र व्यवसायीकरण, पर्यटन प्रर्वद्धन तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याईएको सञ्चालक शाहले बताए ।

No description available.

जाजरकोटको रैथाने बाली गहुँ, जौ, कोदो, मकैको रोटी, कुशेको माछा, बारेकोटी सिस्नु र गाभा, सिन्की तथा भटमासको अचारको स्वाद लिन सकिने उनले बताए । यहाँको पौराणिक नाच, गीत संगीत समेत होमस्टेमा प्रर्दशन गरिनेछ । होमस्टेले जिल्लाको रोजगारीको अवस्था समेत सिर्जना गर्ने विश्वास लिईएको छ । अर्गानिक खानेकुराको स्वाद लिन सकिनेछ ।

१ भाद्र २०८०, शुक्रबार २०:४० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्