१० मंसिर २०८३, बुधबार

जाजरकोटमा बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार १५ जना लाभान्वित, १६२ जना थप उपचारका लागि रेफर

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा बुधबार सम्पन्न बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ हजार १५ जना नागरिक लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये थप उपचार आवश्यक देखिएका १६२ जना बिरामीलाई रेफर गरिएको छ।

काठमाडौं मेडिकल कलेज (केएमसी) द्वारा आयोजित शिविरमा सञ्चालक तथा समाजसेवी डा. सुनिल शर्मासहित विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। शिविरमा विभिन्न रोगका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका तथा थप उपचार आवश्यक भएका १६२ जना बिरामीलाई काठमाडौं मेडिकल कलेज, काठमाडौंमा उपचारका लागि रेफर गरिएको हो। रेफर गरिएका बिरामीको केएमसीमा निःशुल्क उपचार गरिने जनाइएको छ।

दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट हजारौँ नागरिकले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेका बिरामीका लागि शिविरले राहत प्रदान गरेको छ।

शिविरमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै थप उपचार आवश्यक भएका बिरामीलाई काठमाडौंसम्म लगेर निःशुल्क उपचारको व्यवस्था गरिनुले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई ठूलो सहयोग पुगेको छ।

१० मंसिर २०८३, बुधबार २०:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्