४ मंसिर २०८३, बिहीबार

कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपछि रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक

कर्णाली अपडेट

काठमाडौं । कर्णालीको माटोबाट कला क्षेत्रमा स्थापित हुने सपना बोकेर काठमाडौं आएका गायक तथा मोडल रेशम नेप्किङको नयाँ म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ। गायनसँगै अभिनय र मोडलिङमा समेत सक्रिय नेप्किङ पछिल्लो समय आफ्नो निरन्तरको संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्।

कर्णालीदेखि काठमाडौंसम्मको यात्रामा अनेक चुनौती सामना गर्दै कला क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयासमा रहेका नेप्किङका लागि ‘पान मिठो कलकत्ताको’ महत्वपूर्ण प्रस्तुति बनेको छ। गीतको भिडियोमा चर्चित अभिनेता पल शाहसँगै रेशम नेप्किङ, प्रमिता राजघताने र करुणा तामाङको अभिनय रहेको छ।

विशेषगरी पल शाह र रेशम नेप्किङको अभिनयलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ। गीतमा रेशम नेप्किङ र शान्तारानी परियारको स्वर रहेको छ भने सङ्गम पौडेलले शब्द तथा संगीत दिएका छन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्। मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका छन् भने ध्वनि संयोजन एचबीएन किस्मतको रहेको छ। भिडियोमा भ्यालेन्टियोको पोशाक डिजाइन रहेको छ।

कर्णालीबाट काठमाडौं आएर संगीत, अभिनय र मोडलिङमा आफ्नो भविष्य खोजिरहेका नेप्किङले पछिल्लो समय निरन्तर नयाँ सिर्जनामा आफूलाई सक्रिय बनाउँदै आएका छन्। ‘पान मिठो कलकत्ताको’ पनि उनको यही यात्राको अर्को महत्वपूर्ण कडीका रूपमा प्रस्तुत गरिएको छ।

भिडियो Resham Nepking Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नयाँ गीत तथा भिडियोले दर्शक तथा श्रोताबाट माया, साथ र सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा नेप्किङले गरेका छन्।

९ आश्विन २०८३, शुक्रबार १६:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्