३ आश्विन २०८१, बिहीबार

५० प्रतिशत अनुदानमा कृषक, सहकारी तथा फर्मलाइ कृषि सामाग्री वितरण

कर्णाली अपडेट

जाजरकाेट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना परियाेजना कार्यान्वयन एकाइ जाजरकाेटले कृषक सहकारी तथा फर्महरुलाई आधुनिक यान्त्रीक सामाग्री वितरण गरेकाे छ ।

परियाेजनाले जाेन क्षेत्रमा आवद्ध २९ कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा १३ प्रकारका फलफुल खेतीमा प्रयाेग हुने आधुनिक यान्त्रीक सामाग्री बितरण गरेकाे हाे ।

यान्त्रीकरण मार्फत कृषककाे लागत घटाई उत्पादनमा बृद्धि गरी कृषिलाई ब्यवसायकाे रुपमा आकर्षण गराउनका लागि बार्षिक स्विकृत कार्यक्रम जाेन क्षेत्रमा यान्त्रिकरण कार्यक्रम अन्तरगत कृषक समुह, सहकारी तथा फर्मलाई यान्त्रीक सामाग्री वितरण गरिएकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना एकाई जाजरकाेटका  प्रमुख गणेश थापाले बताए ।

कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर ७ एच.पी ११ थान, मिनि टिलर ६ एच.पी १८ थान, मिनि टिलर ३ एच.पी १ थान,  ग्राफ्टिङ मेसिन २ थान, पेट्राेल आरी ५ थान, क्यारेट २० थान, खाडल खन्ने मेसिन ५ थान,  आरी ३ थान, फल टिप्ने कैंची १० थान, फल टिप्ने भर्याङ ३ थान गरि कुल २२ लाख १९ हजार ६५० मूल्य लागतकाे सामाग्री वितरण गरिएकाे र त्यसमा कार्यालकाे ५० प्रतिशत अनुदान रहेकाे प्रमुख थापाले बताए ।

आधुकिन यान्त्रीक सामाग्री वितरण जिल्ला समन्वय समिति जाजरकाेटका समन्वय प्रमुख काली बहादुर खत्रीले गरेका थिए ।  जाेन कार्यक्रम अन्तरगत जाजरकाेटमा हाल सुन्तला, माैरी र ओखर गरि ३ वटा जाेन स‌ंचालनमा रहेका छन् ।

फाेटाे : सामाग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री

८ असार २०८१, शुक्रबार १६:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्