३१ भाद्र २०८१, सोमबार

वर्षाका कारण चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

कर्णाली अपडेट

जाजरकाेट । निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ ।

सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।

सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । सडकमा खसेको ढु्ङ्गामाटो हटाउने काम भइरहेको उनले जानकारी दिए ।

यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ ।

१२ असार २०८१, मंगलवार १३:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्