३१ भाद्र २०८१, सोमबार

बालबालिकाको सहभागितामा लागु औषध दुर्ब्यसन नियन्त्रण तथा रोकथाम अभियान संचालन गर्दै भेरी नगरपालिका

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाले यतिवेला लागु औषध दुर्ब्यसन नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान संचालन गरिरहेको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरु लागु पदार्थ दुर्ब्यसनमा फस्दै गएपछि उनीहरुकै सहभागितामा लागु औषध नियन्त्रण तथा रोकथाम अभियान थालिएको हो ।

लागु पदार्थले केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिने भएकोले यूवायूवतीहरु जानजानी वा साथीभाइहरुको लहैलहै र करकापमा परी लागू पदार्थको दुव्र्यसनीमा पर्दै गएका छन् । यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले देशको विकासका लागि दिनप्रतिदिन समस्याहरु थपिदै गएका छन् ।
प्राय सबै जिल्लाहरुमा लागू औषध र पदार्थको दुर्ब्यसन बढ्दो क्रममा छ । लागू पदार्थको दुव्र्यसनीबाट जाजरकोटका युवायुवती पनि अछुतो रहन सकेका छैनन् । जिल्लाका ग्रामिण भेग भन्दा जिल्ला सदरमुकाम र भेरी नगरपालिकाका बजार क्षेत्रका युवायुवतीहरु लागु पदार्थको दुर्ब्यसनमा फसिरहेको पाइन्छ ।

यस्ता दुर्ब्यसनमाबाट यूवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकरात्मक असरहरूका बारेमा जनचेतना फैलाउने, दुव्र्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि भेरी नगरपालिकाले चालु आर्थिक बर्षमा लागु पदार्थ दुब्र्यसनी विरुद्ध विशेष अभियान संचालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए । उनले स्कुले विद्यार्थीकै सहभागितामा लागु पदार्थ दुब्यर्सनी विरुद्ध अभियान थालिएको बताए । हालै मात्र भेरी नगरपालिका भित्रका ११ विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

त्रिभुवन मावि खलंगा, शिव मावि कालेगाउ, भैरब मावि भुरचौर र शिवशंकर मावि जगतिपुरमा लागुपर्दाथ दुब्र्यसनी नियन्त्रण तथा रोकथाममा हाम्रो भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता, भेरीत्रिवेणी मावि रिम्ना, सरस्वती मावि पुन्मा, भगवति मावि कुदु र लक्ष्मी मावि भेरेमा निबन्ध प्रतियोगिता, शंकरभवन मावि बाहुनथाना, विजय मावि काफलचौर र दीपेन्द्र मावि भुरमा लागुपर्दाथ दुब्र्यसनी नियन्त्रण तथा रोकथाम सम्बन्धी कविता प्रतियोगिता आयोजना गरेर बालबालिकामा यस सम्बन्धी जनचेतना जगाउने काम गरिएको शिक्षा अधिकृत पुनले बताए । प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई क्रमस चार हजार, तीन हजार र दुई हजार नगत पुरस्कारको ब्यवस्था गरिएको थियो । विद्यार्थीको सहभागितामा विद्यालयमा हुने यस्ता कार्यक्रम दुब्यर्सनी नियन्त्रणमा प्रभावकारी हुने त्रिभुवन मावि खलंगाका शिक्षक तिलक बहादुर खत्रीको भनाई छ । कुलतमा लाग्नु हुदो रहेन्छ भन्ने चेतनाको विकास गराउन अतिरिक्त क्रियाकलापले निकै सघाउ पुरयाउने उनको भनाई छ । भेरी त्रिवेणी मावि रिम्नामा ९ कक्षामा अध्ययनरत छात्र सौरभसुन्दर वलीले लागुपदार्थ दुब्यर्सनी विरुद्धको अभियानमा जनचेतना फैलाउने काममा आफुहरु लागिरहेको बताए ।

समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह जस्ता गम्भीर समस्याहरू देखा परेका छन् । लागु पदार्थ दुव्र्यसनको कारण हजारौं व्यक्तिहरूले अकालमा नै ज्यान गुमाउनु परेको छ । यस्तो दुव्र्यसनबाट आमा—बुवा, दाजु—भाइ लगायत परिवारका सम्पूर्ण सदस्यहरूलाई नराम्रो बोझ, डर र अविश्वास थपेको हुन्छ । दुव्र्यसनबाट परेको असर स्वंय दुव्र्यसनलाई भन्दा परिवारलाई झनै गम्भीर हुने भएकोले यसको रोकथाम तथा नियन्त्रणमा नगरपालिकाले विशेष अभियान थालेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए ।

लागुपदार्थ दुव्र्यसनीमा लागेका साथीसंगीको संगत र खराब वातावरणको नियन्त्रण गर्नुपर्ने । घर र विद्यालयको वातावरणले गर्दा दुव्र्यसनमा फस्ने हुँदा अविभावक बेलैमा यसबारे सोच्नसके यसकोमा नियन्त्रण गर्न सकिने देखिन्छ । दुव्र्यसनीलाई घरपरिवार र समाजले घुणाको दृष्टिले नहेरी अरु के कति कारणले दुव्र्यसनमा संलग्न हुन पुगेका हुन पत्ता लगाई समाधान तर्फ ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

केटाकेटीलाई लागुपदार्थबाट हुने असरको बारेमा सचेत पारी त्यस्ता पदार्थबाट टाढै रहन प्रेरित गर्ने । प्रचार प्रसारका साधन जस्तो रेडियो, टेलिभिजन तथा पत्रपत्रिकालाई प्रभावकारी बनाई यिनको माध्यमबाट लागुपदार्थ विरुद्ध जनचेतना जगाउने । नितिगत रुपमा हेर्दा सरकारले लागुपदार्थ दुव्र्यसन सम्बन्धि राष्ट्रिय स्तरबाटै जनचेतनाका कार्यक्रम संञ्चालन गर्ने हो भने पनि लागु पदार्थ दुव्र्यसनलाई कम गर्दै लैजान सकिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतिक्षा भारतीको भनाई छ । जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रण सम्बन्धि अभियान चलाउने । ध्यान÷योग,पारिवारिक परामर्श,लागु औषध उपचार तथा पुनस्र्थापना,स्वास्थ्य सेवा तथा परामर्श,खेलकूद कार्यक्रम संञ्चालन गर्ने, लागुपदार्थ दुव्र्यसन सम्बन्धि घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम संञ्चालन गर्ने,सरकारले कानुनीतवरले पनि यसलाई प्राथमिकताका साथ अगाडी बढाउने र कार्यान्वयन गरी लागु पदार्थ दुव्र्यसनलाई रोक्न सकिने डा. भारतीले बताइन ।

१७ असार २०८१, आईतवार १२:४८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्