२३ भाद्र २०८१, आईतवार

पहिरोमा परि जाजरकाेटमा एक बालकको मृत्यु

सराेज वली

जाजरकाेट। जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–५ इबरका रमेश वि.कका ५ वर्षीय छोरा प्रिन्स वि.क रहेका छन् । गए राति परेको अविरल बर्षाका कारण विहान करिव साढे ५ बजेकाे समयमा घरमाथीबाट आएको पहिरोले घर पुरिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) पुरुषोक्तम प्रसाद पाण्डेले बताए ।

पहिरोमा परी बुबा रमेश वि.क घाइते भएका छन् । उनको उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको प्रमुख पाण्डेले बताए । ६ जनाको परिवार रहेको वि.कका अन्य सवै सकुशल रहेको प्रहरीले बताएको छ ।

१८ असार २०८१, सोमबार ०८:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्