३१ भाद्र २०८१, सोमबार

भेरीको आगामी वर्षको बजेट १ अर्व ७ करोड

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्व बढिको बजेट पारित गरेको छ । अषाढ १० र ११ गते सम्पन्न नगरसभाबाट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ७ करोड ६७ लाख १३ हजार ३८३ रुपैयाँको बजेट पारित गरेको हो ।

नगरको आन्तरिक आम्दानी र सरकारी अनुदान गरि ८८ करोड ५३ लाख १५ हजार ३८१ र विकास साझेदार निकायहरुबाट १९ करोड १४ लाखको अनुमान गरि उक्त बजेट ल्याइएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार बजेटमा भूकम्प पछिको पुनसर््थापनासहित शिक्षा, स्वास्थ्य, कृषि रोजगारी र विकास निर्माणका अन्य पक्षहरुलाई प्राथमिकता दिइएको छ ।

बजेटले नगरपालिकाले संचालन गरेका बालबालिकाहरुसंग मेयर, महिलाहरुसंग उपमेयर, लागु औषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ भने पालिका भित्रका किसानहरुलाई कृषि व्यवसायमा प्रोत्साहित गरि आधुनिक कृषि प्रणाली मार्फत रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका सबै वडाहरु सडक संजालमा जोडिसकेकोले बाह्रै महिना यातायात सेवा संचालन गर्न बजेटको व्यवस्था गरिएको छ । त्यस्तै नेटीबजार-रुपाकोट-नेटीबजार सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारको समपुरकमा ५० लाख बजेट विनियोजन गरिएको छ भने थाप्लेचौर बसपार्कको स्तरोन्नती तथा व्यवस्थापन गर्न नगर विकास कोषबाट ऋण लिई काम अगाडी बढाइने छ ।

साझेदार निकायसंगको सहकार्यमा नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्न आवश्यक बजेटको समेत व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

बजेट हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भेरी_बजेट_-२०८१।८२

२० असार २०८१, बुधबार १७:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्