२३ भाद्र २०८१, आईतवार

रुकुमपश्चिममा बाढीले बगाउँदा ३ जनाको मृत्यु, १ जना बेपत्ता

कर्णाली अपडेट

रूकुम पश्चिम । रुकुमपश्चिममा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर १२ को बगर नजिक तातोपानी खोलाको बाढीले बगाएर ३ जना बालबालिकाको ज्यान गएको छ भने, नजिकैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना बालबालिकाको ज्यान गएको र एकजना बेपत्ता भएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा ८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिषा पुन र वर्ष ४ कि मनिसा सार्की रहेका छन् । यस्तै ४० वर्षका डिल्ली बुढाथोकी बेपत्ता भएका हुन् ।

बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको आठबिसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

१ श्रावण २०८१, मंगलवार ०७:५९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्