२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते

सराेज वली

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना  घाइते भएका छन् ।

कुशे गाउँपालिका-८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुइ जना सहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुसोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती २९ वर्षीया कमला थापाकाे र दलसरी थापाकाे छोरी ४ वर्षीया हस्तिका थापा काे अवस्था गम्भिर रहेकाे उनले बताए । ३५ वर्षीया दलसरी थापा र उनकी १७ वर्षीया निरमाया थापाकाे खुट्टामा चाेट लागेकाे र अवस्था सामान्य रहेकाे प्रहरीले बताएकाे छ ।

गए राति पहिरोले टहरा पुरेलगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह बताए ।

२ श्रावण २०८१, बुधबार १३:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्