२३ भाद्र २०८१, आईतवार

रुकुम पश्चिमका ३५ घर बाढी प्रभावितलाई पाँचताराकाे राहत सहयोग

कर्णाली अपडेट संवाददाता

रुकुम पश्चिम । रुकुम पश्चिमका बाढी प्रभावित ३५ घरधुरीलाई ९ लाख ५४ हजार बराबरको राहत सहयोग गरिएको छ ।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट, सेभ द चिल्ड्रेनकाे आयोजना तथा आठबिसकोट नगरपालिकाको समन्वयमा बाढी तथा पहिरो प्रभावित ३५ घरधुरीहरूलाई जस्ता पाता, अस्थायी आवास प्याकेज, भाडा बर्तनका सेट, बालबालिकालाई न्यानो कपडा, स्कुल किट, मर्यादित सामानको प्याकेज, सरसफाइ प्याकेज, झुल लगायतका सामान वितरण गरिएको आवविसकोट नगर उपप्रमुख धन कुमारी शाहीले बताइन्।

गत असार ३१ गते रातिको अविरल वर्षाका कारण आवविसकोट नगरपालिका वडा नं.१२ छिन्खेत बाढीमा परि ३ जना बालबालिकाकाे मृत्यु, १ जना बेपत्ता र ८ जना घाईते हुनुका साथै बस्ती नै सङ्कटमा परेको थियो ।

बस्ती नै असुरक्षित भए पछि उक्त बस्तीका स्थानीयलाइ सुरक्षित ठाउँमा स्थानान्तरण गरि सामूहिक बसाई व्यवस्थापन गरिएको छ ।

३ श्रावण २०८१, बिहीबार १३:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्