२२ भाद्र २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा

कर्णाली अपडेट

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए ।

८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ ।

६ श्रावण २०८१, आईतवार १५:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्