२२ भाद्र २०८१, शनिबार

गुरु पुर्णिमाको अवसरमा राधामाधव समितिद्धारा अस्पतालमा झुल र फलफूल वितरण

कर्णाली अपडेट संवाददाता

जाजरकोट । हिन्दुहरुको महत्वपुर्ण पर्व गुरु पुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध स्थानीयहरुले व्यक्तिगत रुपमा संकलन गरेको नगद रकमवाट व्यवस्थापन गरिएका झुल र फलफुलहरु वितरण गरिएको हो ।

राधा माधव समिति र डिभाइन युथ क्लवले व्यवस्थापन गरेको झुुलहरु भेरी नगरपालिका वडा नम्वर ३का वडाध्यक्ष लिलावहादुर शाहले जाजरकोट अस्पतालका निमित्त प्रमुख डाक्टर सुनीनल पुनलाइ हस्तान्तरण गरे । यस्तै सोहि अवसरमा अस्पतालमा रहेका १७ जना विरामीहरुलाइ फलफुल पनि वितरण गरिएको थियो ।
कृपालुजी महाराज, स्वामी हरिदास र संगीता दिदी लगाएत अन्य गुरुहरुको सम्मान र सम्झनामा आफुहरुले अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुलाइ थोरै मात्रामा भएपनि सहयोग पुरयाउन झुल तथा फलफुल वितरण गरेको राधा माधव समिति जाजरकोटकी संयोजक नारायणी शाहले वताइन् ।

कृपाालुजी महाराजले समस्त मानव जातिको कल्यान हुने काम गर्न र दुखी विरामीलाइ सहयोग गरेर समाजमा प्रेमभाव फैलाउन दिएको सन्देशवाट प्रभावित भएर आफुहरुले अस्पताललाइ यो सहयोग गरेको संयोजक शाहले वताइन् । उनले गुरु प्रतिको सम्मानवाट सधैं वढाउन र सवै प्रति प्रेमभावले व्यवहार दर्शाउन आफुहरु विभिन्न सामाजिक तथा सिर्जनात्मक कार्यहरुमा सक्रिय भएर लाग्ने गरेको पनि वताइन् ।

ध्यान, सत्संग तथा अन्य आध्यात्मीक कर्महरुले मनमा शान्ति प्राप्त हुने भएको सवैले यस तर्फ ध्यान लगाउनु पर्ने पनि उनले वताइन् । झुल तथा फलफुल वितरण कार्यक्रममा वडाध्यक्ष शाहले राधामाधव समिति र डिभाइन युथ क्लवले अस्पतालका विरामीहरुलाइ यो समयमा आवस्यक परेको झुल दिएर पुण्य कमाउने काम गरेको वताए ।

यस्तो सकरात्मक र पुण्य कमाउने काम सवैले गरे समाजमा शान्ति कमाउन सहयोग पुग्ने उनको भनाइ छ । यस्तै जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. सुनील पुनले अस्पतालका विरामीहरुलाइ मच्छरवाट वताउन राधामाधव समितिले सहयोग गरेका झुलहरुले ठुलो सहयोग गर्ने वताए । उनले गुरु पुर्णिमाको दिन राधा माधव समिति र डिभाइन युथ क्लवले गरेको कार्य प्रसंसनीय रहेको वताए । झुल वितरण र फलपुल वितरणमा दुइ दर्जन वढीको सहभागिता रहेको थियो ।

६ श्रावण २०८१, आईतवार १७:२६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्