२ कार्तिक २०८१, शुक्रबार

सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो, उद्धार जारी

कर्णाली अपडेट

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक प्रवक्ता (सहायक रथी)गौरव कुमार केसीले रातोपाटीलाई बताए ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले बताएका छन् ।

जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।

‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

९ श्रावण २०८१, बुधबार ११:५८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्