३१ भाद्र २०८१, सोमबार

पहिरोको उच्च जोखिमा रहेका जुनीचाँदेका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे

कर्णाली अपडेट संवाददाता

जाजरकोट । पहिरोको उच्च जोखिममा रहेकाे जाजरकाेटकाे जुनीचाँदे गाउँपालिका ३ स्याँलाका १२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जुनीचाँदे गाउँपालिका–३ स्याँलाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । उनीहरूलाइ स्याँलादेखि झन्डै ३०० मिटरको दुरी पश्चिममा रहेको मग्रा भन्ने स्थानमा बुधवार सारिएको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

गाउँपालिकासँगको समन्वयमा १२ घरपरिवारका ६५ जनालाई सारिएको हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार जुनीचाँदे गाउँपालिका–३ स्यालाका शीतला टमटाका ९ जना, सरा टमटाका ६ जना, सुनिता चदराका ५ जना, झुपा तिरुवाका ११ जना, पुतला टमटाका ५ जना, शर्मिला टमटाका ५ जना, पुतला नेपालीका ६ जना, राजु टमटाका ५ जना, जैकुरा टमटाका ५ जना, गीता नेपालीका ४ जना, लालसरा टमटाका ३ जना र पदम टमटाका १ जना गरी जम्मा ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गत कार्तिक १७ गतेकाे भुकम्पले जाजरकाेटका विभिन्न वस्तीहरू पहिराेकाे उच्च जोखिममा रहेका छन् ।

१७ श्रावण २०८१, बिहीबार १४:०२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्