३१ भाद्र २०८१, सोमबार

जाजरकोटमा जिप दुर्घटना हुँदा १४ घाइते ३ को अवस्था गम्भीर

सरोज वली

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको बोलेरो जिप वडा नम्बर ६ भेरेमा दिउँसो  साढे २ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो । ‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरू मध्य १४ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

२२ श्रावण २०८१, मंगलवार १६:०७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्