३१ भाद्र २०८१, सोमबार

अपडेट : जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

सरोज वली

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको बोलेरो जिप वडा नम्बर ६ भेरेमा दिउँसो  साढे २ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर भेरी नगरपालिका ६ गंगटियाका ३५ बर्षिय चालक मान बहादुर वलीको घटना स्थलमै मृत्यु भएको  प्रहरी जनाएको छ ।

जिप सडक देखि करिव ४ सय मिटर तल खसेको थियो । जिपमा सवार भेरी नगरपालिका ६ कि सपना विक, सोहि वडाकै भूमिका शाही, दुर्गा पुन, बिन्दु शाही, मोती लुहार, सिता पुन, धनसरा खड्का, कलिमान खत्री, भूमिकला राना घर्ती, प्रज्वल घर्ती, कल्पना खत्री, अस्मिता खत्री, पार्वती उपाध्याय र हिरा सार्की घाइते भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो ।

‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरू मध्य १३ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते भेरी नगरपालिका ६ का ८० बर्षिया कलिमान खत्रीलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

२२ श्रावण २०८१, मंगलवार १७:२२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्