३१ भाद्र २०८१, सोमबार

झाडापखालाबाट ग्रसित महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

कर्णाली अपडेट संवाददाता

जाजरकोट । झाडापखालाबाट ग्रसित एक महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नं ४ कि वर्ष ५२ कि जलुका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको हो । २१ गते बिहानबाट झाडापखाला लागेको र उपचारका लागि नजिकैको स्वास्थ्य चौकी अर्छानी लगिएको र त्यहाँ उनको उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको प्रहरीले जानकारी दिएको छ ।

२२ श्रावण २०८१, मंगलवार १८:०० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्