३१ भाद्र २०८१, सोमबार

मानापानी हिमालमा हिमपहिरो ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

कर्णाली अपडेट

काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए । ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने ।

अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताए । ‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ । यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ । त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उनले भने । बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ ।

७ भाद्र २०८१, शुक्रबार १७:३३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्