३१ भाद्र २०८१, सोमबार

भेरी नगरपालिकाको ८ नम्बर वडालाइ बालमैत्री वडा घोषणा

कर्णाली अपडेट संवाददाता

जाजरकोट । भेरी नगरपालिका जाजरकोटको वडा नं. ८ लाई पालिकाको पहिलो र जिल्लाको छेडागाड नगरपालिका २ वटा र कुशे गाउँपालिकाको ३ वटा सहित भेरी नगरपालिका छैंटौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

मंगलबार कर्णाली प्रदेश सभाका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको प्रमुख आथित्यतामा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा वडाले ५१ वटा सूचकमा ९५ प्रतिशत भन्दा बढी पुरा गर्दै बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष वीर बहादुर शाहीले बताउनु भयो ।

बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागी शिक्षा, स्वास्थ्य र संरक्षकका विषयमा करिब एक वर्ष बालबालिकाहरूको क्षेत्रमा वडाले सबै भन्दा बढी प्राथमिकता दिएर वडा बासी, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालको निकै महत्त्वपूर्ण योगदान रहेकोले भेरी नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको छ ।


यस वडामा ४ वटा विद्यालय रहेका छन् । ४ वर्ष देखी १२ वर्ष सम्मका सबै बालबालिकाहरू विद्यालयमा भर्ना भएको र नियमित विद्यालय जाने गरेका छन् । बालबालिकाहरुले खोप र स्वास्थ्य सम्बन्धी सूचकहरूलाई पुरा गरेका छन् ।

समुदायमा भौतिक संरचना मात्रै निर्माण गरेर समुदायको विकास हुँदैन । त्यसका लागी समुदायमा मानवीय विकासको कुराले पनि प्रभाव पारेको हुन्छ । समुदायको विकासका लागी व्यक्ति र परिवारलाई असर पार्ने खालका कुप्रथाहरू अन्त्य गर्ने । अभियानहरू समुदायमा हुन आवश्यक पर्छ । बालमैत्री वडा पनि एक विकासको आधार रहेको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताउनु भयो । बालबालिकाहरूको क्षेत्रमा कर्णाली प्रदेशको नीति नियम र कार्यविधि सँगै बालबालिकाको क्षेत्र लगानी र कार्यान्वयनमा सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बालबालिकामैत्री  स्थानीय शासन वडा घोषणाका लागी योगदान गरेका विभिन्न व्यक्ति हरू ६५ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

१९ भाद्र २०८१, बुधबार १६:३१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्