३१ भाद्र २०८१, सोमबार

जाजरकोटमा पहिरोमा परी श्रीमान्-श्रीमती बेपत्ता

सरोज वली

जाजरकोट । जाजरकोटमा पहिरोमा परी श्रीमान्-श्रीमती बेपत्ता भएका छन् । गए राती आएको पहिरोमा परि बारेकोट गाउँपालिका- ६ धुमाका मानबहादुर चलाउने र उनकी श्रीमती प्रेमकुमारी चलाउने बेपत्ता भएको प्रहरीले जनाएको छ ।

छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरिएको छ । राती २ बजे घटना भए पनि बिहान ६ बजे प्रहरी पुगेपछि ती बालिकाको उद्धार भएको डिएसपी पुरुषोत्तम पाण्डेले बताए ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

बेपता दम्पतीको प्रहरी र स्थानीयले खोजी गरिरहेका उनले बताए ।

२३ भाद्र २०८१, आईतवार ०९:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्