३ आश्विन २०८१, बिहीबार

जाजरकोट पहिरो अपडेट : वेपत्ता श्रीमान-श्रीमतीको शव फेला, छोरीलाई उपचारका लागि सुर्खेत लगियो

सरोज वली

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा गएराती गएको पहिरोमा घर पुरिएर वेपत्ता भएका श्रीमान-श्रीमतीको शव फेला परेको छ ।

राती दुई बजे खसेको पहिरोमा पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको हो । दुवैजनाको शव पोष्टमार्टमको लागी आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको छ ।

उनीहरुकी ११ वर्षिया छोरी सम्झना चलाउनेको भने थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

सोही घरमा बस्दै आएकी आफन्त पर्ने १६ वर्षीया बिमला चलाउने भने पहिरो आउनु अगावै भाग्न सफल भएको जाजरकोट प्रहरीका डिएसपी पुरुषोत्तम पाण्डेले बताउनुभएको छ ।

२३ भाद्र २०८१, आईतवार १३:१८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्