२ कार्तिक २०८१, शुक्रबार

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः जनक केसी

कर्णाली अपडेट संवाददाता

जाजरकोट । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभा विहिवार खलंगामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन र विभिन्न समसामयिक निर्णयहरु गर्दै प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले सँस्थाको सांगठनिक तथा आर्थिक प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस्तै साधारण सभाको वन्दसत्रले जनक केसीलाइ पुन अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । सोहि वन्दसत्रले प्रतिष्ठानको उपाध्यक्षमा खम्वजंग शाह, रीता पुन, सचिवमा दलवहादुर सिंह, कोषाध्यक्षमा शोभा सिंह, सहसचिवमा हेमन्तकुमार खत्री, सदस्यहरुमा साधना केसी, सहदेवजंग शाह, नारायणी शाह, मीना शाह, टवीन कार्की, कालीवहादुर नेपाली, मोहन खड्कालाई चयन गरेको छ ।

यस्तै प्रतिष्ठानको साधारण सभाले भुकम्पपछि जाजरकोटका सातै स्थानीय तहमा क्षतिग्रस्त ऐतिहासिक , धार्मिक, साँस्कृतिक सम्पदाहरुका संरचनाहरु वारेको लगत संकलन गर्न स्थानीय तहको समन्वय र सहयोगमा आवस्यक कार्य गर्ने निर्णय गरेको छ ।
यस्तै साधारण सभाले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जिल्लाको कला सँस्कृति इतिहास तथा सवै प्रकारका सम्पदाहरुको संरक्षण गर्न सन्चालन गरेका विभिन्न अभियान,कार्यक्रम र कार्यहरुमा नैतिक, भौतिक आर्थिक रुपले साथ सहयोग र समर्थन गर्ने सवै संघसँस्था व्यक्ति सरकार र समुदायलाइ हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।

साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा वोल्दै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जिल्लामा सम्पदा संरक्षणमा महत्वपुर्ण भुमिका खेलेको वताए । उनले प्रतिष्ठानका अभियानमा सवै जाजरकोटवासीहरुले साथ दिनु पर्ने वताए । यस्तै कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा सम्पदा प्रतिष्ठान स्थापना हुनु निकै खुसी र गर्वको कुरा भएको वताए । उनले हराउदै गएको सँस्कृति र लोप हुदै गएका सम्पदाहरुलाइ जोगाउने पहल गर्ने प्रतिष्ठानको उद्देस्य र काम निकै प्रशंसनीय रहेको वताए ।

यस्तै कार्यक्रमाम भेरी नगरपालिका वडा नम्वर ४का वडाध्यक्ष वसन्तप्रसाद शर्माले जिल्लामा सम्पदा संरक्षणका लागि प्रतिष्ठानले गरेको पहल धन्यवाद दिन लायक भएको वताए । उनले प्रतिष्ठानको काम र अभियानमा आफुले पनि सक्दो सहयोग गर्ने वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव भरत शर्माले प्रतिष्ठानको अगुवाइमा भइरहेका गतिविधिहरु जिल्लाका लागि निकै फाइदाजनक भएको वताए । उनले प्रतिष्ठानलाइ सन्चार क्षेत्रको तर्फवाट पनि सक्दो सहयोग हुने वताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जनक केसीले आफनो माटो प्रतिको गहिरो मयााकै कारण आफुले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान स्थापनाको पहल लिएको वताए ।

आफनो मौलिकता, इतिहास कला सस्ँकृति र सम्पदा जोगाउने अभियानलाइ सवै जाजरकोटीको साथ लिएर सफल वनाउन आफु प्रतिवद्ध रहेको अध्यक्ष केसीले वताए । अध्यक्ष केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रीता पुनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कालीवहादुर खत्रीले साधारण सभाको उद्घाटन गरेका थिए । प्रतिष्ठान आज भन्दा साढे दुइ वर्ष अघि स्थापना भएको थियो । हाल यस प्रतिष्ठानमा तीन जना मानार्थ, ५५ जना आजीवन र ८ जना साधारण सदस्यहरु रहेका छन् ।

१८ आश्विन २०८१, शुक्रबार १६:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्