१९ मंसिर २०८१, बुधबार

नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओबादी केन्द्र विजयी

सरोज वली

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनु भएको छ । उहाँले ४ हजार २ सय ७२ मत ल्याउँदै विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रा चन्द सिंहले ३  हजार १ सय ४७ मत ल्याउनुभयो। त्यस्तै, नेकपा एमालेका सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गर्नुभयो भने रास्वपाका पार्वती पुनले १ सय ७९ मत प्राप्त गर्नुभएको थियो।

यस क्षेत्रमा २०७९ को स्थानीय निर्वाचनमा काङ्ग्रेस-माओवादी केन्द्र गठवन्धनबाट कांग्रेसका सरिता सिंहले ५ हजार ४ सय ६  मत पाएर विजयी हुनुभएको थियो । २०८० कार्तिक १७ को भुकम्पमा परि उपप्रमुख सिंहको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

१७ मंसिर २०८१, सोमबार १०:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्