१९ मंसिर २०८१, बुधबार

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार

कर्णाली अपडेट संवाददाता

जाजरकोट । जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मध्य पहाडी लोक मार्गबाट जुनीचाँदे गाउँपालिका जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा वडा नम्बर २ को देसीपाटा खण्डमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएका थिए ।

ढिस्कोमा पुरिएर जुनीचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, सोही ठाउँकी २५ वर्षकी निर्मला शाही, २२ वर्षकी फूलमाया लुहार, ३५ वर्षका नरबहादुर वड गम्भीर घाइते भएका थिए । घाइते चारै जनालाई श्री चन्दननाथ गणको समन्वय तथा सहकार्यमा नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको हो ।

१८ मंसिर २०८१, मंगलवार १४:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्