२० पुष २०८१, शनिबार

कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी

सरोज वली

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा कार्यपालिका बैठक माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको छ ।
पटक-पटक बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका -१० का वडाध्यक्ष दलबहादुर रानाले बताउनु भयो ।

आफूहरुले राखेका ६ बुँदे मागसहित कार्यपालिका बैठक नबसेसम्मका लागि अनिश्चतकालका लागि तालाबन्दी गरिएको वडा -८ का वडाध्यक्ष वीरबहादुर चन्दले बताउनु भयो । प्रशासकीय भवनमा ताला लगाएसँगै नगरपालिकाका सम्पूर्ण काम प्रभावित भए सँगै सेवाग्राहीलाई सास्ती भएको छ ।

१६ पुष २०८१, मंगलवार १२:३५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्