२३ माघ २०८१, बुधबार

एकघर एकघारा र शौचालय निर्माण भएपछि स्थानीय खुसी

कर्णाली अपडेट

जाजरकोट । युनिसेफको नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारी मा संन्चालित एकीकृत पुर्न लाभ कार्य योजना अन्तर्गत जाजरकोटमा भूकम्प बाट क्षेतीग्रस्त खानेपानी का योजना पुर्न निमार्ण मर्मत गर्नुका साथै विद्यालयमा शौचालय निर्माण सँगै समुदाय स्तरमा ६ सय ६० वटा शौचालय निर्माण निर्माण गरिएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोग किर्डाक नेपालको सहजिकरणमा सञ्चालित एकीकृत पुर्न लाभ परियोजना बाट खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत जिल्लाको भेरी नगरपालिका का वडा नं १, २ र ३ मा २ सय १० शौचालय जसमा ४ वटा अपाङ्ग मैत्री बारेकोट गाउँपालिका का वडा नं. १, ५ र ७ मा ४ सय ४० शौचालय जसमा ६ वटा अपाङ्ग मैत्री शौचालय गरी जम्मा ६ सय ६० वटा शौचालय निर्माण गरिएको हो ।

भेरी नगरपालिका १ रिम्नाको भेरी त्रिवेणी मा.विमा निर्माण गरिएको नमुना शौचालय ।

यो सँगै १२ वटा खानेपानी योजना १० वटा विद्यालयमा बाल तथा अपाङ्गतामैत्री शौचालय, इन्सिनेटर सहितको हात धुने धारा समेत निर्माण गरिएको हो ।
“पहिले घरमा शौचालय थिएन छिमेकीको घरमा शौच गर्न जानु पर्ने बाध्यता थियो अहिले घरमा अपाङ्ग मैत्री शौचालय सँगै मिटर सहितको धारा निर्माण भएपछि उहाँको दैनिकीमा निकै सुधार भएको भेरी नगरपालिका २ रिसाङ का कर्णबहादुर थापाले बताउनु भयो । आफू शारीरिक रूपमा अशक्त भएको र पहिले शौचालय नहुँदा रातिमा शौच गर्न जाँदा निकै अप्ठ्यारो हुन्थ्यो त्यसमा पनि खानेपानीको समस्याले ज्यादै सताउने गरेको थियो अहिले शौचालय र धारा जडान पछि सरसफाइ र स्वच्छता सम्बन्धीका व्यवहारिक ज्ञान पनि हासिल गरेको उहाँले बताउनु भयो ” ।

उहाँकै छिमेकी मोहनलाल थापा  पनि भूकम्पपीडित हुनुहुन्छ । भूकम्प पछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घरघरमा खानेपानी सुविधा पुगेपछि घरभन्दा टाढाको मूल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । समुदाय र विद्यालयमा व्यवस्थित गरिएको खानेपानी र शौचालयबाट गाउँवासीको दैनिकी सहज हुँदै गएको पनि उहाँले बताउनु भयो ।

भूकम्पपछि समुदाय र विद्यालय स्तरमा सर सरफाई र स्वच्छ खानेपानी लगायत का  राहत उद्धारका क्षेत्रमा जनता लाई न्यायोचित काम गरेर स्थानीय सरकारलाई चुस्त दुरुस्त बनाउनुका साथै भूकम्पले क्षति गरेका खानेपानी योजना निर्माण गरी प्रभावितका घरघरमा मिटरसहित धारा, शौचालय निर्माण गर्नुका साथै सरसफाइका क्षेत्रमा जनचेतनाका विभिन्न कामहरू किर्डार्क नेपालले गरेको भेरी नगरपालिका २ का प्रेम वलीले बताउनुभयो ।

विभिन्न सङ्घसंस्था र सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखी काम भएको र पहिला खोलाको एउटा धारामा घण्टौँ सम्म लाइन लागेर पानी भर्नु पर्थ्यो अहिले घर घरमा स्वच्छ खानेपानी आएपछि आफूहरूलाई निकै सहज भएको वलीले बताउनु भयो ।

३ माघ २०८१, बिहीबार १८:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्