२३ माघ २०८१, बुधबार

कालिका सामुदायिक बालविकास केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुशील रावल

बारेकोट । बारेकोट गाउँपालिका-५ स्थित कालिका सामुदायिक बाल विकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

अमेरिकाको बोस्टन निवासी शिव अधिकारी र सविता ढकालको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो।

आफ्नी स्वर्गीय आमा सावित्री अधिकारीको पुण्य तिथिको अवसरमा अधिकारीले बालबालिकालाई कापी, कलम, पोसाकलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको हो। राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष सुरेन्द्र सुमनको समन्वय रहेको थियो।

साथै, वडा सदस्य मनबहादुर सिंह, बारेकोट गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर कर्णराज सिंह, पत्रकार महासङ्घ जाजरकोट शाखाका सह-सचिव सुशील रावल लगायतको उपस्थिति रहेको थियो।

विद्यालयकी शिक्षिका धनरुपा सिंहले दुर्गम स्थानका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

२१ माघ २०८१, सोमबार १३:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्