२८ फाल्गुन २०८१, बुधबार

रैथाने बाली दिवसको अवसरमा जाजरकोटका ६ कृषक पुरस्कृत

कर्णाली अपडेट

जाजरकोट । कृषि विकास कार्यालय जाजरकोट र पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ६ जना कृषकलाई पुरस्कृत गरेको छ ।

रैथाने बाली दिवस तथा मुख्यमन्त्री उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा कृषकहरूलाई पुरस्कार वितरण गरिएको हो । कृषि तर्फ मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाउने हरूमा छेडागाड नगरपालिका २ का भीम बहादुर बुढा प्रथम, कुशे गाउँपालिका ७ कि सिता कुमारी सिंह द्वितीय र भेरी नगरपालिका ५ कि चाँदनी चन्द तृतीय हुनुभएको थियो । उहाँहरूलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यसैसरि भेटेरिनरी तर्फ बारेकोट गाउँपालिका ७ का हरिकृष्ण वली प्रथम, भेरी नगरपालिका ४ कि कल्पना सिंह द्वितीय र नलगाड नगरपालिका १ का दल बहादुर पुन तृतीय हुनुभएको थियो । उहाँहरूलाई पनि क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले पछिल्लो समयमा रैथाने बालीहरू लोप हुँदै गएको र यसको संरक्षण र संवर्धन गर्न हामी सवै लाग्नु पर्ने बताउनु भयो ।

कृषिमा आत्मनिर्भरता आवश्यक रहेको उल्लेख गर्दै किसानहरूलाई अझ बढी प्रविधिमैत्री बनाउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले जोड दिनुपर्ने उहाँले बताउनु भयो ।

कृषिमा आत्मनिर्भरता र कृषकहरूको आय वृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने निमित्त कार्यालय प्रमुख नारायण सापकोटाले बताउनु भयो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी समिर गौतम, पशु अस्पताल तथा पशुसेवा कार्यालय, जाजरकोटका निमित्त कार्यालय प्रमुख डा. भानुभक्त गौतम, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

६ फाल्गुन २०८१, मंगलवार १८:४३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्