२८ फाल्गुन २०८१, बुधबार

जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय उद्घाटन, विपत् व्यवस्थापनमा स्थानीय तहलाई सक्रिय हुन गृहमन्त्री लेखकको आग्रह

सरोज वली

जाजरकोट । गृहमन्त्री रमेश लेखकले विपत् जुनसुकै बेला पनि आउने भएकाले त्यसको प्रभावलाई न्यूनीकरण गर्न तथा प्रभावकारी व्यवस्थापन गर्न स्थानीय तहलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

जाजरकोटको भेरी नगरपालिका-१, रिम्नामा स्थापना गरिएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले विपत् व्यवस्थापन मानव जीवनसँग प्रत्यक्ष जोडिने विषय भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

“सडकको विकास, बाँध निर्माण, तथा घर-घरमा बिजुली पुर्‍याउने काम विकासका महत्वपूर्ण पाटो हुन्। तर, विपत् व्यवस्थापन झनै ठूलो मानवीय विषय हो। स्थानीय तहहरूले यसका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो।

उहाँले सरकारले विपत् व्यवस्थापन र पुनर्निर्माणका लागि गम्भीर रूपमा लागिरहेको उल्लेख गर्दै भने, “सीमित स्रोतसाधनका कारण केही कमजोरी भए पनि भूकम्पबाट क्षति भएका आवास पुनर्निर्माण गर्न तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेकाे बताउनु भयाे ।

२५ फाल्गुन २०८१, आईतवार १९:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्