२८ फाल्गुन २०८१, बुधबार

आगलागीमा परि जाजरकोटको कुशेमा बालकको मृत्यु

सरोज वली

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–८ साँक्टमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने उनका अभिभावक सामान्य घाइते भएका छन्।

गएराति करिब १२ बजे जनकबहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट आगो सल्किएर आगलागी हुँदा उनका छोरा अमर रोकायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीबाट घरधनी जनकबहादुर रोकाय र उनकी श्रीमती बिजुली रोकाय सामान्य घाइते भएका छन्।

सात जनाको परिवार रहेको उक्त घरमा अरू सबै भागेर ज्यान जोगाउन सफल भएका थिए। ढुङ्गा, माटो र खरले बनेको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार खाद्यान्न, लत्ताकपडा र नगद १ लाख २५ हजार रुपैयाँसमेत जलेर नष्ट भएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि स्थानीय तहले पहल गर्ने जनाएको छ।

२६ फाल्गुन २०८१, सोमबार ०८:३० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्