२८ फाल्गुन २०८१, बुधबार

सकारात्मक अभिभावकत्व कक्षाले ल्याए अभिभावकहरूमा सचेतना

कर्णाली अपडेट

भेरी नगरपालिका र नलगाड नगरपालिकामा सकारात्मक अभिभावकत्व कक्षा समापन भएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित संरक्षण समुदायिक संलग्नत बाल स्पोन्सरसिप परियोजनाबाट भेरी नगरपालिकाको वडा न ६ र नलगाड नगरपालिकाको वडा न २,३, ४ र ५ मा स्पोन्सरसिप कार्यक्रममा दर्ता भएका अभिभावकहरुलाई उपयुक्त अभिभावकत्व, बाल अधिकार, बालबालिकाहरुको संरक्षण, उपयुक्त हेरचाह र स्याहर गर्न सम्वन्धि सचेतना बृद्धि गर्नको लागि २५ ओटा कक्षा सञ्चालन गरिएको थियो । भेरी नगरपालिकामा १४ ओटा स्थान र नलगाड नगरपालिकामा ११ गरी कुल २५ स्थानमा कक्षा सञ्चालन गरिएको थियो । सो कक्षामा ७ सय ५० भन्दा बढि अभिभावकहरु सहभागी भएको कुरा कार्यक्रम संयोजक श्री बीरेन्द्र कुमार थारुले जानकारी गराउनु भएको थियो ।

सकारात्मक अभिभावकत्व कक्षा अभिभावकहरुलाईको लागि अति लाभदायक भएको छ । यस कक्षामा सहभागी भई सकेपछि बालबालिका प्रति हेर्ने दृष्टिकोण, बालबालिकाहरुको लागि समय व्यवस्थापन, बालबालिकाहरुलाई कुट्ने पिट्ने, गाली गर्ने, दुव्र्यवहार गर्ने बानीमा कमी आएको कुरा नलगाड ३ चावलेचवरकी सहभागी श्री अमृता पुनले जानकारी गराउनु भएको थियो ।

साथै घरायसी निर्णय प्रक्रियामामा पनि बालबालिकाहरुको कुराहरु सुन्नु पर्छ भन्ने कुराको जानकारी प्राप्त भएको छ । यस्ता कार्यक्रमहरुको निरन्तरताले स्थानीय सरकारले बाल समृद्धिको लक्ष्यलाई पुरा गर्नको लागि टेवा पुग्ने कुरा नगलाड नगरपालिका वडा न २ का वडा अध्यक्ष श्री पुर्ण बहादुर खत्रीले जानकारी गराउनु भएको थियो ।

२८ फाल्गुन २०८१, बुधबार १०:५९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्