२८ फाल्गुन २०८१, बुधबार

मोबाइल नेटवर्क कमजोर भएमा वाई-फाईबाटै यसरी गर्नुहोस् कल (तरिका सहित)

कर्णाली अपडेट

काठमाडौं । नेपाल टेलिकमले गत महिनादेखि एनटी भोवाईफाई (VoWiFi-Voice over Wi-Fi) सेवा सुरु गरेको छ ।

यसमार्फत भोवाईफाई सपोर्ट गर्ने र भोल्टे एक्टिभेट भएको कुनै पनि मोबाइलबाट देशभित्र र बाहिरबाट वाईफाई नेटवर्क प्रयोग गरेर कल र एसएमएस गर्न सकिनेछ ।

मोबाइल नेटवर्क कभरेज कमजोर भएका स्थानहरूमा यो सेवामार्फत ग्राहकलाई गुणस्तरीय भ्वाइस र डेटा सेवा पाउने कम्पनीको दाबी छ ।

भोवाईफाई कसरी प्रयोग गर्ने ?

१‍ आईफोनको लागि:

  • Settings > Cellular/Phone > Wi-Fi Calling > ON गर्नुहोस्।

एन्ड्रोइडको लागि:

  • Settings > Connections > VoWiFi/Wi-Fi Calling > ON गर्नुहोस्।

भोल्टे एक्टिभेट गर्नुहोस्

  • यदि VoLTE एक्टिभेट छैन भने, 4442# डायल गरेर एक्टिभेट गर्नुहोस्।

वाईफाई नेटवर्कमा कनेक्ट गर्नुहोस्:

  • वाईफाई नेटवर्कमा कनेक्ट भएपछि तपाईंले एनटी भोवाईफाईबाट कल र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

केके छन् भोवाईफाईका फाइदा ?

-एचडी भ्वाइस क्वालिटी ।

-घर वा अफिसको भित्री भागमा मोबाइल नेटवर्क कमजोर भएमा पनि वाईफाईमार्फत कल गर्न सकिने ।

– विदेशबाटै नेपाल टेलिकमको नम्बरबाट कल गर्न र एसएमएस पठाउन सकिने ।

कुनकुन मोबाइल सेटले भोवाईफाई सपोर्ट गर्छन् ?

यो सेवा प्राय अहिलेका पछिल्ला स्मार्टफोनहरूले मात्र सपोर्ट गर्छन् । केही उदाहरणहरू:

आईफोन: आईफोन एक्सआर र यसपछिका सबै मोडेलहरू (आईओएस नाइन र यसभन्दा नयाँ संस्करण)।

एन्ड्रोइड: साओमी, सामसङ, वनप्लस, भिभो, ओप्पो, रियलमी लगायतका ब्रान्डका नयाँ मोडेलहरू ।

कति लाग्छ शुल्क ?

नेपालभित्र: सामान्य भ्वाइस/एसएमएस प्याकेज वा ‘Pay As You Go’ शुल्क लाग्नेछ।

विदेशबाट: इनकमिङ कल निःशुल्क र आउटगोइङ कलको लागि प्रतिमिनेट रु. ३ शुल्क लाग्नेछ ।

२८ फाल्गुन २०८१, बुधबार १५:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्