२४ चैत्र २०८१, सोमबार

जाजरकोट नलगाडमा अवैध रूपमा लगाइएको अफिम नष्ट

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१, खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको प्रहरी टोलीले ६५ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार, जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागूऔषध खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो । प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयहरूलाई सचेत गराउँदै आएकाे छ ।

२४ चैत्र २०८१, सोमबार १४:५५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्