२४ चैत्र २०८१, सोमबार

नेपाली सेनाको हेलिकोप्टरमार्फत जुनिचाँदेकि एक सुत्केरीको उद्धार

सराेज वली

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ निवासी ३० वर्षीय राजु कुमारी शाहीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ ।

उनलाई २३ गते साँझ ५ बजे प्रसव व्यथाले च्यापेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र, जुनिचाँदे गर्खाकोटमा लगेका थिए । सोही राति ११ बजे उनको सामान्य डेलिभरी भए पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था जटिल बन्दै गएको थियो ।

२ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि थप उपचारका लागि उनलाई दिउँसो ३ः१८ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरीराम डाँगीले बताउनु भयो ।

उद्धार कार्यमा इलाका प्रहरी कार्यालय (इ.प्र.का.) गर्खाकोटबाट प्रहरी निरीक्षक नवराज बुढा क्षेत्रीको कमान्डमा पाँच जना प्रहरी टोली खटिएको थियो ।

२४ चैत्र २०८१, सोमबार १७:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्