जाजरकोट । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं जाजरकोट सह‒इन्चार्ज कमान बहादुर खड्काले देशको शिक्षा प्रणाली वैज्ञानिक, व्यवहारिक र आत्मनिर्भर नभएको बताएका छन् । उनले शनिवार नलगाड बहुमुखी क्याम्पस जाजरकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालको शिक्षा नै अव्यवहारिक, अवैज्ञानिक र आत्मनिर्भर छैन्, जाजरकोटमा झनै शैक्षिक गुणस्तर कमजोर छ । यसको समाधानका लागि सबै सरोकारवालाहरु एक हुन जरुरी छ ।’ फरक प्रसंगमा नेता खड्काले देशमा तमाम खाले वेतिथि बढीरहेको,राज्यमा लाखौं भ्रष्टाचारका काण्डहरु राज्यसत्ता संचालनकहरुले गरिरहेको बताए ।
देशको आर्थिक अवस्था निकै कमजोर भएकोले यथास्थितिको अन्त्य गर्दै शासन प्रणालीमा व्यापक शुधार गर्नुपर्ने नेता खड्काले बताए ।
गाउँगाउँमा कच्ची सडक खनेको भरमा राष्ट्रिय ऋण–२९ खर्व पुगेको लाई स्वीकार्न नसक्ने समेत बताए ।
नलगाड जलविद्युत आयोजना ओझेलमा पारेको राज्यशक्तिको वलमा आयोजना नबन्ने गरि महङ्गो बनाइएको समेत नेता खड्काले दावी गरे । यस्तै, खड्काले नलगाड बहुमुखी क्याम्पस निर्माणका लागि ५५ हजार ५ सय ५५ नगद चन्दा समेत दिएका छन् ।