२६ बैशाख २०८२, शुक्रबार

शुसासन र रोजगारी-समाजवादको तयारी नारासहित एकीकृत समाजवादीको मागपत्र भेरी नगरपालिकामा पेश

कर्णाली अपडेट

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ‘शुसासन र रोजगारी–समाजवादको तयारी’ भन्ने मुल नारासहित देशभरिका ७५३ वटै स्थानीय तहमा मागपत्र बुझाउने अभियान अन्तर्गत भेरी नगरपालिकामा पनि बहुआयामिक मागपत्र पेश गरिएको छ।

नगर भित्रका रणनैतिक महत्वका आयोजना, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, उत्पादन र व्यवसायीकरण लगायत जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुमा नीतिगत सुधार आवश्यक रहेको भन्दै पार्टीले विस्तृत मागपत्र तयार पारेको हो।

मागपत्र एकीकृत समाजवादी जाजरकोटका भेरी नगर इन्चार्ज प्रदीप खड्काले नगर प्रमुख चन्द्र प्रकाश घर्ती समक्ष प्रस्तुत गर्नुभएको थियो। नगर प्रमुख घर्तीले उक्त मागपत्रलाई सकारात्मक रूपमा लिँदै आवश्यक बुँदाहरूलाई कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता जनाउनुभएको छ।

त्यसैगरि पार्टीका स्थानीय नेताहरुले जनजीविकासँग जोडिएका मुद्दा समाधान गर्न स्थानीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले भेरी नगरपालिकाभित्र विकास र समृद्धिको दिशामा ठोस कदम चाल्न पनि माग गरेका छन्।

२२ बैशाख २०८२, सोमबार २१:५४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्