१५ जेष्ठ २०८२, बुधबार

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसमा जाजरकोट अस्पतालमा बिरामीलाई फलफूल वितरण

कर्णाली अपडेट


जाजरकोट ।
नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा सोमबार जाजरकोटमा सामाजिक उत्तरदायित्व अन्तर्गत फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अस्पताल जाजरकोटमा उपचाररत २० जना बिरामीलाई फलफूल वितरण गरिएको हो। कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की, जाजरकोटका जिल्ला अध्यक्ष वासुदेव शर्मा सहित विभिन्न सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा बोल्दै उपाध्यक्ष कार्कीले प्रेस युनियन समाजप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए।

जिल्ला अध्यक्ष वासुदेव शर्माले स्थापना दिवसको अवसरमा अस्पतालमा बिरामीहरूसँग सानो तर महत्वपूर्ण सहयोग गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे।

१३ जेष्ठ २०८२, सोमबार १२:०३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्