२४ जेष्ठ २०८२, शुक्रबार

बारेकोटमा SEVIMS परियोजना अन्तर्गत यन्त्र हस्तान्तरण, स्थानीय सूचनाको डिजिटल व्यवस्थापनलाई टेवा

कर्णाली अपडेट

जाजरकोट । पहाडी क्षेत्र विकास अभियान (HRDC) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित ‘Sambodhan’ कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिकामा SEVIMS परियोजनासम्बन्धी यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, HRDC का पदाधिकारी तथा स्थानीय सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अन्तर्गत सामाजिक–आर्थिक तथ्यांक संकलन, विश्लेषण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने डिजिटल उपकरणहरू गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

स्थानीय तहमा संवेदनशील समुदायहरूको तथ्यांकलाई व्यवस्थित गर्दै नीति निर्माणमा उपयोग गर्ने लक्ष्यसहित संचालन गरिएको SEVIMS परियोजना पारदर्शिता, जवाफदेहिता र सूचना-आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउन केन्द्रित छ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षले यस्ता परियोजनाले सूचनाको प्रभावकारी व्यवस्थापनमार्फत समावेशी तथा प्रमाणमा आधारित नीति निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

यन्त्र हस्तान्तरणपश्चात परियोजनासम्बन्धी आवश्यक प्रारम्भिक तालिम र स्थानीय स्टाफ छनौट प्रक्रिया पनि सम्पन्न गरिएको छ।

२२ जेष्ठ २०८२, बुधबार ०८:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्