२५ जेष्ठ २०८२, शनिबार

भेरी नदीमा बालबालिका बेपत्ता : थप १ जनाको शव फेला, मृतकको सङ्ख्या २ पुग्यो एक जना अझैं बेपत्ता

कर्णाली अपडेट

जाजरकोट । ठुलिभेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

जाजरकोटको नलगाड नगरपालिका-८ मन्मै स्थित बन्दै गरेको पुल नजिकै भेरी नदीमा पौडी खेल्न तीन जना आज दिउँसो करिब २:३० बजेतिर बगेर बेपत्ता भएका थिए । बेपत्ता भएका दुई जनाको शव फेला परेको हो ।

पौडी खेल्न गएकी अन्दाजी १२ वर्षिया भगवती नेपाली र वर्ष १२ का महेश कुसारीको शव फेला परेको हो । अझैँ बेपत्ता रहेका आशा कुसारीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२४ जेष्ठ २०८२, शुक्रबार १७:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्