२६ जेष्ठ २०८२, आईतवार

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध मुद्दा दायर

कर्णाली अपडेट

काठमाडौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।

नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएका समस्या भए पछि नयाँ प्रणाली जडान गर्ने निर्णय भएपनि प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फनो कम्पनिलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो ।

हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतमा लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएपछि अख्तियारले यो विषयमा अनुसन्धान अगाडी बढाएको थियो ।अख्तियारले अनुसन्धानका क्रममा पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमलाई ३३ करोडको नोक्सानी भएको दाबि गरेको छ ।

२६ जेष्ठ २०८२, आईतवार १४:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्