जाजरकोट । जाजरकोटमा अफिम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिका ३ घर भई हाल जुनिचाँदे गाउँपालिका वडा नं ७ निपाने बस्दै आएका ३७ बर्षका नीरज कुमार पुनलाई १ किलो १ सय ५० ग्राम अफिम सहित इलाका प्रहरी कार्यालय पंचालादह बाट खटिएको प्रहरी टोलीले प्लास्टिकको झोला भित्र तेलको पोका सहित छुट्टाछुट्टै पाँच वटा पोका भित्र लुकाइ राखेको १ केजी १ सय ५० ग्राम अफिम सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्त कुमार शर्माले जानकारी दिनुभयो ।
उनलाई जिल्ला अदालत जाजरकोटबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२६ जेष्ठ २०८२, आईतवार १९:१० मा प्रकाशित