जाजरकोट । भेरी नगरपालिका–७ मा अवस्थित चन्द्र ज्योती आधारभूत विद्यालयलाई नव निर्मित विद्यालय भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
वल्ड भिजन इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त भवन ५० लाख लागतमा तयार पारिएको हो।
करिब ३ सय बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा सुरक्षित र बालमैत्री वातावरणमा अध्ययन गर्न सकियोस् भन्ने उद्देश्यले भवनसँगै खानेपानी सुविधा, फर्निचरलगायतका आवश्यक सामग्रीहरू समेत उपलब्ध गराइएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले बताउनु भयो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले शिक्षा क्षेत्रमा आएको यो पूर्वाधार विकासले पठन–पाठनमा सहज र प्रभावकारी हुने अध्यक्ष पन्तले बताउनु भयो ।
१५ असार २०८२, आईतवार २०:३० मा प्रकाशित