१५ श्रावण २०८२, बुधबार

बिषालु च्याउ खाँदा तीन बालबालिका बिरामी, नगर अस्पताल दल्लीमा उपचार हुँदै

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका एकै परिवारका तीन बालबालिका बिषालु च्याउ खाँदा बिरामी परेका छन्। मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिषालु च्याउ खाँदा बिरामी परेका हुन्।

सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउ खाएपछि बालबालिकाहरूमा स्वास्थ्य समस्या देखिएको स्थानीय नवराज शर्माले जानकारी दिनुभयो। स्वास्थ्यमा असर देखिएपछि तीनै जनाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ।

उनीहरूको उपचारमा संलग्न डाक्टर नवीन ध्यारका अनुसार खाएको च्याउ बिषालु भएको आशंका गरिएको छ। अहिले तीनै बालबालिकाको अवस्था सामान्य बन्दै गएको उहाँले बताउनु भयो।

२५ असार २०८२, बुधबार १३:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्