१५ माघ २०८२, बुधबार

नलगाड–६ मुग्राखोलामा खानेपानी तथा सरसफाइ आयोजनाको काम सुरु हुनुअघि अनुगमन तथा अन्तर्क्रिया सम्पन्न

भीम बहादुर खड्का

जाजरकोट । नलगाड नगरपालिका वडा नम्बर ६ स्थित मुग्राखोलामा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सरोकारवाला निकायबीच आयोजना सुरु हुनुअघि अनुगमन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, खानेपानी तथा वास (WASH) का संयोजक लगायत सम्पूर्ण नगरपालिका टिमको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मुग्राखोला खानेपानी तथा सरसफाइ आयोजनाको काम सुरु गर्नुअघि आवश्यक तयारी, प्राविधिक पक्ष, योजना कार्यान्वयन प्रक्रिया, उपभोक्ताको भूमिका तथा गुणस्तर सुनिश्चितताका विषयमा विस्तृत छलफल गरिएको थियो। जनप्रतिनिधि तथा प्राविधिक टिमले आयोजनास्थलको स्थलगत अनुगमन गर्दै आवश्यक सुझाव र निर्देशन प्रदान गरेका थिए।

उक्त खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत रकम ७२ लाख रुपैयाँ रहेको छ। हालसम्म कुनै पनि भुक्तानी नभएको र आयोजनाको काम छिट्टै सुरु गरिने जानकारी गराइएको छ।

यस आयोजनाले वडा नम्बर ६ का स्थानीय बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आयोजना पारदर्शी, गुणस्तरीय र समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गर्दै नगरपालिकाबाट आवश्यक प्राविधिक तथा प्रशासनिक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

६ माघ २०८२, सोमबार २१:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्