जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले जाजरकोटका गाउँ–गाउँमा नेपाली कांग्रेसलाई माया गर्ने मतदाताहरू रहेको बताएका छन्। नेपाली कांग्रेस जाजरकोटले खलंगामा आयोजना गरेको उम्मेदवारसँग पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले घरदैलो अभियानका क्रममा मतदाताहरू निकै खुसी देखिएको र भोट हाल्न आतुर रहेको दाबी गरे।
बुढाका अनुसार कांग्रेसका मात्र होइन, अन्य पार्टीका कार्यकर्ता समेत नेपाली कांग्रेसलाई मत दिन इच्छुक देखिएका छन्। ‘अहिलेसम्म कम्युनिस्टहरूले जाजरकोटका समस्या, पीडा र गुनासो सिंहदरबारसम्म पुर्याउन सकेनन्,’ उनले भने, ‘अब ती सबै गुनासो नेपाली कांग्रेसले केन्द्रसम्म पुर्याउनेछ।,’
उनले जाजरकोटमा कांग्रेसको जीत निश्चित रहेको दाबी गर्दै कांग्रेस चुनावका बेला मात्रै होइन, दुःख–सुखमा सधैं जनतासँगै रहने पार्टी भएको बताए। ‘भूकम्पको बेला सबैभन्दा अगाडि नेपाली कांग्रेस र आफु उद्धार तथा राहत कार्यमा पुगेको दाबी गरे।
कार्यक्रममा बोल्दै बुढाले जनताका आधारभूत समस्या, विकास निर्माण, पुनःस्थापना तथा सेवा प्रवाहमा कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी कार्यकर्ताहरूलाई आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकताबद्ध भएर लाग्न आग्रह गरे।














