जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग सम्झौता गरेको छ । नगर प्रमुख चन्दप्रकाश घर्तीले सामाजिक सञ्जाल फेसबुक मार्फत फोहोर व्यवस्थापनका लागि कम्पनी सँग सम्झौता भएको बताएका हुन् ।
नेपालमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी समस्यालाई समाधान गर्नका निम्ती कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग पहिलो चरणको सम्झौता गरिएको नगरप्रमुख घर्तीले बताए ।
कार्वन उत्सर्जन, शुन्य अपशिष्ट जस्ता विविधि पक्षहरुलाई यो प्रविधिले सम्बोधन गर्ने नगरप्रमुख घर्तीले बताए । काभ्रेको धुलिखेल नगरपालिका र भेरी नगरपालिकाले हस्ताक्षर गरेका छन् ।
१ भाद्र २०८०, शुक्रबार १९:५६ मा प्रकाशित